७४ जिल्लामा फैलियो डेंगु

काठमाडौँ, ३१ साउन । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ । डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ ।अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ । राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ ।

मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ । राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ । कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन् । जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित