गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न पचात्रार

काठमाडौँ, ८ साउन । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौँ महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ ।विगतका वर्षमा गुणस्तरहीन सेनिटरी प्याड वितरण भइरहेको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न आग्रह गर्दै पत्राचार गरिएको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिअनुसार खरिद गर्न निर्देशन दिएका हौं ।’ सुरूमा पत्र पठाएर सचेत गराइएको जिकिर गर्दै उहाँले अब अनुगमन गरी गलत ठहरिए कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

सरकारले जारी गरेको कार्यविधिमा सेनिटरी प्याडमा प्रयोग हुने कपडा सुती वा मलमलको हुनुपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्ने, प्याडको गुणस्तरीयताको लागि ९५ प्रतिशत सुती हुनुपर्ने, कपडा अड्काउन प्रयोग हुने खोलमा प्रयोग हुने कपडा कम रङ, कम डाई प्रयोग भएको र सोसिने किसिमकोे हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, खोलको बनावट पीँधबाट नचुहिने गरी तयार गर्नुपर्ने र खोलमा प्रयोग हुने टाँक वा अन्य सामग्री र बनावट प्रयोगकर्तालाई सहज हुने किसिमको हुनुपर्ने उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको