हेर्नुस् दही खानुका फाइदाहरु

काठमाडौँ, २१ असार । दहीलाई सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।

दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
दही खानुका फाइदाहरु:
१. मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।
२. नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।
३. तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ ।
४. दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।
५. दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।
६. हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा पु¥याउँछ ।
७. दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।
८. दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।
९. दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका