भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौँ, १७ असार । भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।

यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ । निगमका अनुसार हाल सबैभन्दा धेरै नाफा बाह्यतर्फको हवाई इन्धनमा छ । बाह्यतर्फको हवाई इन्धनमा ५७ रुपैयाँ नाफा छ । यसपछि आन्तरिक हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ । यस्तै, डिजेलमा १३ रुपैयाँ प्रतिलिटर नाफा हुँदा पेट्रोलमा १२ रुपैयाँ नाफा छ । यसका साथै, मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा हुँदा एलपी ग्यासमा समेत प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर