देशैभरका अदालतमा सुनुवाइ ठप्प

काठमाडौँ, १७ असार । सहकर्मी कुटिएको विरोधमा देशैभरका अदालतका कर्मचारीले पेन डाउन गरेपछि सर्वोच्च अदालत लगायत देशैभरका अदालतमा सुनुवाइ प्रभावित भएको छ ।

बुधबार ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङमाथि एक कानुन व्यवसायीले कुटपिट गरेपछि आइतबार देशैभरका अदालत प्रभावित भएको हो ।

कर्मचारी कुटिएको विरोधमा अदालतसँग सम्बन्धित विभिन्न कर्मचारी सङ्घ सङ्गठनले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म देशैभरका अदालतमा पेन डाउन गर्ने जनाएका थिए । पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार कर्मचारीहरूले पेन डाउन गरेका हुन् । पेन डाउनका कारण देशैभरका अदालतमा सुनुवाइ प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी