राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ : सभामुख घिमिरे

काठमाडौँ, १६ असार । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले राजनीतिक परिवर्तनमा मिडियाको भूमिका रहेको बताएका छन् । 

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने तर कमजोरी भने हटाउन आवश्यक रहेको बताए । 
 
उनले भने, “सञ्चार क्षेत्रको महत्त्व धेरै छ । बन्द र खुला दुवै समाजमा सञ्चारको भूमिका महत्त्वपूर्ण छ,” “सञ्चार संसद्को महत्त्वपूर्ण अंग हो । यसले आफ्नो जिम्मेवारी के हो भन्ने भुल्न हुँदैन ।”

नयाँ पुस्ता नयाँ मिडियामा अभ्यस्त रहेको भन्दै उनले मिडियासँग सम्बन्धित ऐन कानुन बन्ने क्रम जारी रहेको बताए ।“राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ । संसद् र संसदीय गतिविधि प्रभावकारी बनाउन विश्लेषणात्मक समाचार जरूरी छ,” उनले अगाडि भने, “आवेग र निराशा बढाउनेभन्दा पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्न सञ्चारको भूमिका महत्त्वपूर्ण हुन्छ ।” 

सभामुख महत्त्वपूर्ण पद भए पनि संसद् प्रभावकारी बनाउन यसका विभिन्न पक्षको भूमिका रहने उनको भनाइ छ । “निष्पक्ष हुने सभामुख नेताको घरघर धाउन थाल्यो भन्ने विश्लेषण हुन थाल्यो भने यो टिप्पणीले हुँदैन । पत्रकारिताबाट सही तथ्यगत विश्लेषण आवश्यक छ,” उनले भने, “अहिले अराजकता देखिएको अवस्थामा सञ्चारबाट सही विश्लेषण आवश्यक छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै