संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन : अध्यक्ष तिमिल्सना

काठमाडौँ, १५ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन् ।

आज संसद भवन नयाँ वानेश्वरमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यस्तो नहोस् कि आज बोलेको कुरा दुई वर्षपछि आफैँले रेकर्ड सुन्दा के बोले हुँला ! पछुतो हुने खालको सकभर नहोस्’ ।

अन्यथा बोल्नका लागि बोल्ने र कहिलेकाहीँ आवेगमा प्रस्तुत हुँदा सांसदको अभिव्यक्ति नै संसदीय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने भएकाले बोल्दा ख्याल गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘कहिलेकाहीँ आरोपप्रत्यारोपमा जवाफ दिँदा कडै दिउँ भन्ने हिसावले जाँदा त्यो कडा हुँदा हुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ ? र रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लाने विषय बनाउन हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताउनुभएको

काठमाडौँ, ८ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित 

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र

हेटौंडा, ८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा