गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट

काठमाडौँ, १५ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन। पार्टीका भ्रातृ संगठनहरू पनि निर्माण भएका छैनन्। एक वर्षमै पार्टी भद्रगोल अवस्थामा पुगेको छ।

जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरी महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेताहरूले २०७९ भदौ १ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए। दर्ता भएको नौ दिनपछि आयोगले त्यसलाई दलको रूपमा मान्यता दिएको थियो। आयोगमा लोसपा दर्ता गर्दा नेताहरूले २१ सदस्यीय कार्यकारिणी समितिको सूची बुझाएका थिए, जुन दर्ता प्रयोजनका लागि मात्र थियो।

अहिले लोसपा आयोगमा बुझाइएको २१ सदस्यीय कार्यकारिणी समितिका आधारमा चलेको छ। केन्द्रीय समिति गठन भएको छैन। आयोगमा बुझाइएको २१ सदस्यीय कार्यकारिणी समितिको अध्यक्षमा ठाकुरको नाम छ। अध्यक्ष ठाकुरले यस अवधिमा पार्टीका कुनै पनि भ्रातृ संगठन गठन गरेका छैनन्। केन्द्रीय समिति तथा भ्रातृ संगठन गठन हुन नसकेकोप्रति पार्टीका अन्य नेताले पटकपटक ठाकुरको ध्यानाकर्षण गराएका छन्। यस विषयमा ठाकुरले खासै चासो नदेखाएको पार्टीका अन्य नेताहरूको भनाइ छ।

अहिले लोसपाका नेताहरू दुई गुटमा बाँडिएका छन्। ठाकुरले एउटा गुट र वरिष्ठ नेता राजेन्द्र महतोले अर्को गुटको नेतृत्व गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ