आजको मौसम

काठमाडौँ, १५ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै