समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताएका छन् ।

आज काठमाडौँमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् ।

उनले भनिन्,  ‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन’, ‘केवल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावना बाँकी नै छन्। हामीले जनताबीच गएर ती सम्भावनाको खोजी गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ , ६ कार्तिक । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख

काठमाडौँ, ६ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, ६ कार्तिक । २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६ अक्टोबर २३ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि