प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर नसोच्न प्रचण्डलाई कांग्रेस सांसद घिमिरेको चेतावनी

काठमाडौँ, १ असार । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै अवमूल्यन नगर्न चेतावनी दिएका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गर्दै उनले भने, ‘नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन सकेको छैन। आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको छ। पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नू ।’

मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताए । उनले गठबन्धन, गठबन्धनभित्र पार्टीगत, पार्टीभित्र गुट उपगुटअनुसार अघि बढेर कहाँ पुगिन्छरु भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर