देशमा समृद्धिको युग सुरु भएको छ : प्रधानमन्त्री दाहाल

सुर्खेत, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धिको युगको सुरुवात भएको बताएका छन् ।

आज दैलेखको दुल्लु नगरपालिका–१२ दह गाउँमा कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालल १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको बताए । 

उनले भने,‘ म पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना थियो तर, कारण बस् त्यो गर्न सकिएन । दोस्रो पटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण काम गर्न सकेँ । अहिले तेस्रो पटक आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भएँ तै पनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढेको छु । ’ 

उनले अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको विश्वास व्यक्त गर्दै भने, ‘मान्छेलाई विश्वास लाग्न सक्छ नलाग्न सक्छ, कुनै दिन मान्छेले प्रचण्डको बेलामा अर्थतन्त्रमा राम्रो काम भएको रहेछ भन्ने छन्, कुनै दिन,’ गर्वका साथ दाशुको प्रतिमा अगाडि प्रतिबद्धता गर्दछु, राष्ट्रको एकता र उन्नतिको लागि समर्पित भएर लाग्छे प्रण गर्दछु ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी