ढुंगाले लागेर एक बालकको मृत्यु 

सिमकोट, २८ जेठ । हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८, राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।

ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । उनीहरू दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असार । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति

काठमाडौँ, ३ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा