आहा भक्तपुर ! बनाउने अभियानमा ‘महेश बस्नेत’

भक्तपुर, २७ जेठ । सपना देख्नुपर्छ, जुन कुरा विपनामा रुपान्तरण गर्नु छ । मिसन, भिजन र दुरदृष्टिले नै समाजलाई रुपान्तरण गर्न सकिन्छ । जो मानिसले सपना देखाउन सक्छ, त्यसले नै नेतृत्व गर्छ । हल्लाको भिडले हैन, वास्तविकताको एकताले मात्र समाजलाई डोर्याउँछ, लक्ष्य अनुसारको केन्द्रविन्दुमा पुर्याउँछ । ‘सफा, सुन्दर र हराभरा भक्तपुर’ बनाउने अभियानमा महेश बस्नेतको नेतृत्वले निरन्तरता पाइरहेको छ । हनुमन्ते सफाई अभियान, अरनीको राजमार्ग सफाई अभियान पछि हाल राष्ट्रको नाममा दुई घण्टे अभियान भक्तपुर जिल्लाभर चलिरहेको छ ।

जिल्लाका तीन नगरपालिकामा उक्त अभियान तिव्र गतिमा अगाडी बढिरहेको छ । मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा राष्ट्रको नाममा दुई घण्टा अभियानले स्वच्छ, सुन्दर र हराभरा भक्तपुर बनाउने योजनाका साथ स्वतस्फुर्त रुपमा राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था तथा स्थानीयवासीको सहभागितामा हुने गरेको छ । भक्तपुरमा सञ्चालित अभियानले फोहोर व्यवस्थापन मात्र हैन, व्यवस्थित गर्ने अभियान चलाउने भएको छ । फोहोर व्यवस्थापनसँगै विकास र समृद्धिको अभियानलाई समेत सँगै लैजाने नीतिका साथ राष्ट्रको नाममा दुई घण्टे अभियान थालिएको अभियानका सहसंयोजक नरेश रञ्जितले बताउनुभयो । राजनीतिक आग्रह तथा पूर्वाग्रहभन्दा माथि रहेर भक्तपुरले थालेको उक्त अभियान देशका विभिन्न ठाउँहरुमा समेत शुरु गरेका छन् । जसले स्थानीयवासी राष्ट्रको विकासप्रति ठूलो सद्भाव मात्र देखिएको छैन, देशभरको लागि भक्तपुर मार्गनिर्देश गरेको अभियानका महासचिव नवराज काफ्ले बताउनुहुन्छ ।

अभियानका प्रमुख सल्लाहकार समेत रहनुभएका नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा आफु जनप्रतिनिधि भएको समयमा अभियानलाई विकाससँग जोडेर अगाडी बढाउनुभएको थियो । जसमा आम भक्तपुरवासीको साथ र सहयोग रहेको थियो । हनुमन्ते नदी सफाई अभियानले हनुमन्ते करिडोर निर्माणलाई थप टेवा पुर्याएको थियो । त्यस्तै हनुमन्तेमा साना तथा ठूला पुन निर्माण र पुलसँग सडक, शिक्षा, खानेपानी, ढल, विद्युत, पार्क, विश्रास्थल, सार्वजनिक भवन, हरियाली जोडिएर सञ्चालन भएको थियो ।

राष्ट्रको नाममा दुई घण्टा अभियानमा आज सूर्यविनायक नगरपालिका वडा नं. ८ कृष्ण मन्दिर परिषरमा सफाई गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त स्थानमा नेता बस्नेतको प्रमुख आतिथ्यतामा आजको कार्यक्रम गरिएको हो । कार्यक्रममा नेता बस्नेतले भन्नुभयो, ‘विगतमा म जनप्रतिनिधि भएको समयमा हनुमन्ते, अरनिको राजमार्ग सफाई अभियान चलाईएको थियो । अहिले राष्ट्रको नाममा दुई घण्टे चलाइएको छ । जसको लक्ष्य एउटै हो, भक्तपुर सफा, सुन्दर र हराभरा हुनुपर्छ । अभियान सफाईमा सिमित नभएर विकास र समृद्धिसँग जोडिनुपर्छ । विगतमा हामीले अभियानसँग कल्पना गरेर हनुमन्ते करिडोर, राज्यको शुन्य लागतमा सूर्यविनायकदेखी साँगासम्मको अरनिको राजमार्गमा सर्भिर ट्र्याक खोल्यौं । त्यहाँका रुख हटायौं, पुल, ढल, खानेपानी, विद्युत, पार्क, हरियालीलगायतका विकासलाई जोडेर लग्यौं । जहाँ राजनीतिक आस्था हैन, जनताको आवश्यकता, माग र चाहना अनुसार गरेका थियौं र अब पनि सोही अनुसार निरन्तर हुनुपर्छ । त्यसैले गर्दा अहिले सडक विस्तारको काम तिव्र गतिमा भइरहेको छ । अभियानसँगै जोडेर हनुमन्ते नदीको करिडारेमा करिव ३ अर्व बजेट ल्याएका थियौं । तर अहिले त्यो बजेट फिर्ता गयो भन्ने सुनिदैंछ । त्यसो हो भने त्यो भक्तपुरवासीको लागि ठूलो दुर्भाग्य हो । हनुमन्ते करिडोर भक्तपुरको विकास र समृद्धिको लाईफलाईन तथा मेरुदण्ड हो । त्यसमा अहिलेका जनप्रतिनिधिले विचार गर्नुपर्छ ।’

वडाध्यक्ष पुष्पराज बस्नेतले सफाई अभियान नागरिकले जमिनबाट फोहोर फालेर वातावरण प्रदुषण नियन्त्रण नहुने भएकाले मानिसको मन मनबाट फोहोर हटाएर वातावरण प्रदुषण नियन्त्रण गर्नुपर्नेमा अभियानको जोड दिनुभयो । फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उहाँले सम्पूर्ण नागरिकले परिवर्तन म बाट नै गर्छु भनेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।