चितवन, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरु सुझाव दिएका छन् ।
आज चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् ।
कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको प्रष्टिकरण दिए ।