स्वीटजरल्यान्डका राजदूतको राष्ट्रपतिसँग विदाई भेट

काठमाडौँ, २६ जेठ । नेपालका लागि स्वीटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राजदूत क्याप्लरले आज अपराह्न राष्ट्रपति निवास शीतल निवासमा बिदाइ भेट गरेकी हुन् । भेटका क्रममा राष्ट्रपति पौडेल र  राजदूत क्यापलरबीच नेपाल र स्वीट्जरल्यान्डबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

साथै राष्ट्रपति पौडेलले राजदूत क्यापलरलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय