कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ

काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन र त्यस क्रममा भएका घटनाहरुका सन्दर्भमा सरकारसँग जवाफ मागेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सचिव योगेश भट्टराईले प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभामा रहेको र त्यसअनुसार प्रदेश सभाले पनि नाम तोकेको उल्लेख गर्दै उनले नाम तोकिसकेपछि भएको आन्दोलन र त्यसक्रममा भएका घटनाहरुका सन्दर्भमा  गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेका हुन् ।

उनले भने– ‘आज दुर्भाग्यपूर्ण कुरा छ । कोशी प्रदेशको नाम के राख्ने त्यो कोशी प्रदेशसभाको अधिकारको कुरा हो । तर यही नाममा विगत १ महिनादेखि हाम्रो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङको टोली पूर्वको विभिन्न क्षेत्रमा जाँदा झापा, इलामदेखि तेह्रथुमसम्मका सडकमा अवरोध सिर्जना गर्ने, रुखहरू ढाल्ने, ढुङ्गा मुढा गर्ने, कालो झन्डा देखाउने र केही ठाउँमा एम्बुस समेत थापिएको थियो । त्यसको मतलब हाम्रा नेताहरूको हत्याको प्रयास समेत भएको थियो भनेर स्वाभाविक रूपमा बुझ्न सकिन्छ सभामुख महोदय ।’ 

उनले भने– ‘यो बुद्धको देशमा के हुन लागेको हो सभामुख महोदय, हामी कता जाँदैछौँ । यो हिंसा कसले भड्काइरहेको छ ? त्यो बेला हामीले केही प्रश्न उठायौँ, गृहमन्त्रीजीले जवाफ दिनुभयो । हामीलाई त्यस्ता गलत क्रियाकलाप गर्ने मान्छेहरू कारबाहीमा पर्लान् भन्ने लागेको थियो तर त्यो भएन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय