मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २४ जेठ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक निर्णयहरु:

१. आज बसेको बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

२. त्यस्तै बैठकले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

३. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरेको छ ।

४. आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

५. माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

६. मिति २०८० जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, ११ असार । रौतहटको गुजरा नगरपालिकामा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको

काठमाडौँ, ११ असार । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा  भगवान् नारायणको पूजा गरिन्छ

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी