कम्युनिष्ट ‘चिन्तन–सिद्धान्त र एमाले’

सामान्य अर्थमा राजनीति भनेको राज्यको शासन सञ्चालन गर्ने मुख्य नेतृत्वकर्ता हो, जसले कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकामा समेत प्रत्यक्ष रुपमा प्रभाव रोखेको हुन्छ । तर राजनीतिलाई व्यापक अर्थमा बुझ्ने हो भने राजनीति भनेको ‘राज्य, सरकार र जनताबीचको अध्ययन गर्ने विज्ञान (शास्त्र) हो ।’ राजनीति एक प्रकारको सर्वोच्च विज्ञान हो । जसले राज्य, सरकार र जनताबीचमा पुलको भूमिका निर्वाह गर्छ । जनचाहना अनुसारको नेतृत्व गर्छ । राजनीतिलाई पूर्वीय दर्शन र पश्चिमा दर्शनको प्रत्यक्ष प्रभाव रहेको छ । जसमा पूर्वीय दर्शनहरु सामान्यतया सैद्धान्तिक रुपमा सिमित रहेका छन् भने पश्चिमा दर्शनहरु व्यवहारिकतामा रुपान्तरित रहेका छन् । पूर्वीय दर्शनकै आधारमा पश्चिमा मुलुकहरु आधुनिक प्रविधिमैत्री तरिकाले अगाडी बढेका छन् ।

‘कम्युनिष्ट चिन्तन’

पूर्वीय राजनीतिक दर्शन, शास्त्रीय पाठशाला, मध्यकालिन राजनीतिक दर्शनका विशेषता र प्रभाव, यथार्थवादी राजनीतिक चिन्तन, सामाजिक सम्झौता र आधुनिक राजनीतिक पद्धति, कार्ल मार्क्स, लेनीन र विश्व साम्यवादी आन्दोलनका नविनतम् गतिविधि, समाजवादी, पुँजीवादी, आदर्शवादी, उदारवादी, लोकतन्त्रको अवधारणा, संघीयता, राजनीतिक संस्कृति, जातीय राष्ट्रियता, मानव अधिकार, महिला अधिकार तथा सुशासनलागतका कार्यहरु नै राजनीतिक/कम्युनिष्ट चिन्तनहरु हुन् ।

माथिका चिन्तनहरुको समष्टिगत रुपमा नेपालमा २०६२/६३ को जनआन्दोलन पछि गणतान्त्रीक मुलुक, संघीयता तथा धर्मनिरपेक्ष राष्ट्रको रुपमा उपलब्धी हासिल गरेको छ । निरंकुश राजतन्त्रको अन्त्य गर्दै जनताबाट प्रत्यक्ष रुपमा शासन सञ्चालनको व्यवस्था आएको छ । टकिस फोटोपउलसद्वारा प्रतिपादित समावेशी लोकतन्त्र नेपालको आधुनिक राजनीतिक व्यवस्था हो । लोकतन्त्र भनेको ‘जनताद्वारा, जनताको लागि, जनताको शासन’ हो । लोकतन्त्रमा सर्वश्रेष्ठ व्यक्ति भनेको नै जनता हुन् । जनताको मत नै राजनीतिक पार्टीको सम्पत्ती हो ।

कार्ल माक्र्सका अनुसार ‘वर्ग संघर्ष नै सामाजिक परिवर्तनको वाहक हो ।’ द्वन्द्ववादले कुनै पनि समाज निरन्तर परिवर्तनको विश्लेषण गर्छ । समाज परिवर्तनको विन्दु कुनै न कुनै क्रान्तिद्वारा परिवर्तन गुणात्मक बन्न पुग्छ । मार्क्सले परिणात्मक र गुणात्मक परिवर्तनको नियम अनुसार समाज व्यवस्था र प्रकृतिको परिवर्तनको द्वन्द्ववादी व्याख्या गरेका छन् । पूँजीवादी समाज र त्यसको विरोधी शक्तिको उत्पति र प्रारम्भिक विरोध परिणात्मक मात्र हुन्छ । तर जब पुँजीवादी वर्ग र मजदुरका बिचको जीवन भरको अन्तिम लडाई हुन्छ र मजदुर वर्गको हित हुन्छ । त्यस वेला बनेको समाज गुणकै दृष्टिबाट पूँजीवादभन्दा फरक हुन्छ ।

कम्युनिष्ट/राजनीतिक चिन्तनको मार्क्सको एक महत्वपूर्ण कडीको रुपमा वर्ग संघर्ष हो । उनको विचारमा समाजमा मुख्य गरी दुई वर्ग हुन्छन् । एउटा वर्ग जोसँग उत्पादनका साधनहरु हुन्छन् र अर्को वर्ग जोसँग शारीरिक श्रममात्र हुन्छ । प्रथम वर्ग शोषक वर्ग हो र दोस्रो वर्ग शोषित हो । आजसम्म विद्यमान समाजको इतिहास वर्ग संघर्षको इतिहास हो । स्वतन्त्र मानिस र दास, अभिजात वर्ग र साधारण जनता, सामन्त र किसान, स्वामी र कामदार एक शब्दमा भन्ने हो भने शोषक र शोषितले सदैव एक अर्का विरुद्धमा कहिले खेलेर र कहिले लुकेर निरन्तर युद्ध गरिरहेका छन् । माक्र्सले आफ्नो वर्ग संघर्षको सिद्धान्त आफ्नो समयमा पूँजीपति वर्गले श्रमिक वर्गमाथि चलाएको शोषण र दमनचक्रको व्याख्या गर्नको लागि अघि सारेका थिए । माक्र्सको विचारमा जिवीका कमाउने साधनका आधारमा समाजलाई दुई भागमा बाँड्न सकिन्छ, एउटा बुर्जुवा र अर्को सर्वहारा । बुर्जुवा भनेको आधुनिक पूँजीपतिहरुको वर्ग हो जो सामाजिक उत्पादनका साधनहरुको मालिक तथा ज्यालादारी मजदुर वर्गको मालिक हुन्छ । अर्कातर्फ सर्वहारा भनेको समाजको त्यो वर्ग हो, जो आफ्नो जीविकोपार्जनको लागि आफुसँग उत्पादनको कुनै साधन नभएकाले आफ्नो श्रम बेच्न बाध्य हुन्छ । द्वन्द्ववादमा ‘वाद’ पछि ‘प्रतिवाद’ र त्यसपछि ‘संवाद’को पद्धति रहने गर्छ ।

राजनीतिक सिद्धान्त र एमाले

राजनीतिक सिद्धान्त भनेको मानिसको सामुहिक जीवन तथा संगठनलाई सचेत रुपमा बुझ्ने र समस्याको समाधान गर्ने मासिनको प्रयास हो । राजनीतिक विज्ञानमा राजनीतिक सिद्धान्त, राजनीतिक चिन्तक तथा व्यवहारिक राजनीतिक जस्तै सवै विषयहरु पर्दछन् । राजनीतिक सिद्धान्तलाई राजनीतिक विचारधार, राजनीतिक दर्शन, विचारहरु, राजनीतिक विश्लेषण जस्ता शब्द पनि प्रयोग गरिन्छ । जसरी विश्लेषण गरेता पनि राजनीतिक सिद्धान्तले मानव ज्ञान तथा अनुभवबाट प्राप्त तथ्याङ्कको आधारमा सामान्यीकरण गर्ने, अनुमान गर्ने तथा निष्कर्ष निकाल्ने प्रयास गर्छ ।

राजनीतिक सिद्धान्तलाई आदर्शवादी र अनुभाविक गरी दुई सिद्धान्तको रुपमा हेर्न सकिन्छ । आदर्शवादी सिद्धान्तमा राजनीतिक व्यवस्था बारेमा पहिले मस्तिष्कमा कुनै कल्पना गरिन्छ । त्यस कल्पनालाई रचनात्मक रुप लिइन्छ । यसमा सामान्य तथा ठोस तथ्यसँग सम्बन्ध हुँदैन । कल्पना र तर्क नै यसको आधार हो । त्यस्तै आनुभाविक सिद्धान्तमा राजनीतिक सिद्धान्तको वास्तविक तथ्यलाई बुझेर सिद्धान्त निर्माण गरिन्छ । यसमा राजनीतिक शास्त्रीले तथ्यको संकलन गर्न राजनीतिक व्यवहारको क्षेत्रमा गएर अवलोकन गरी प्राप्त आँकडा तथा ठोस तथ्यको आधारमा सिद्धान्त निर्माण गर्छ । यसैको आधारमा विश्व कम्युनिष्ट सिद्धान्तहरु प्रतिपादन भएका छन् । मार्क्सवाद, सामाजवाद, पूँजीवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, माओवाद, आदर्शवाद, साम्यवादलगायतका सिद्धान्तहरु नै अहिलेका राजनीतिक सिद्धान्तहरु हुन् । यसैको आधारमा नेकपा (एमाले) पनि नेपालको सवैभन्दा बढी जनमत प्राप्त गरेको पार्टी हो ।

एमालेको माक्र्सवाद, लेनिनवाद तथा जबज नै मुल सिद्धान्त हो । माक्र्सवादकै आधारमा रुपान्तरित एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद हो । संविधानको सर्वोच्चता, बहुदलीय खुल्ला समाज, शक्ति पृथकिकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको पार्टी प्रतिपक्षी, कानुनी राज्य, बैदेशीक पुँजी र प्रविधिको उपयोग, क्षतीपूर्तिको नीति, बैदेशीक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढिकरण नै जनताको बहुदलीय जनवादको मुख्य विशेषताहरु हुन् ।

जबजको रक्षाको लागि मेरुदण्डको रुपमा एमाले र एमालेको जनवर्गीय संगठनहरु हुन । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, जिफन्ट, अखिल नेपाल किसान संघ, पीन लगायतका संगठनहरु नै समावजादको आधार र जबजका रक्षकहरु हुन् । एमालेका संगठनहरुमा नै एमालेको जबजको रक्षा र कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी रहेको छ ।

नकारात्मक कार्यको भण्डाफोर गरी सकरात्मक सोचको विकास गर्नु उक्त जनवर्गीय संगठनहरुको मुख्य जिम्मेवारी हो । मुलुकमा हुने वेथिती, भ्रष्टाचार, महंगी नियन्त्रण, विभिन्न प्रकारका हिंसालगायतका कार्यहरुको विरुद्धमा आवाज बुलन्द गर्ने जिम्मेवारी रहेको हुन्छ । ‘आवाज विहिनहरुको आवाज’को पहिचान बनाएको सडक, सरकारदेखी सदनसम्म आम नेपाली जनताको माग, आवश्यकता र चाहनालाई सम्बोधन गराउन तथा मुलुक परिवर्तनको मेरुदण्डको एमालेको जनवर्गीय संगठनलाई नै आम नेपाली जनताले आशा, विश्वास र भरोषा गरेका छन् । जनताको मनोविज्ञान र प्रविधिलाई बुझ्ने तथा लोकतान्त्रीक पद्धतिलाई आत्मसात् गर्दै नयाँ जोस्, जाँगर, उत्साह, मिसन, भिजन, दृष्टिकोण, नेकपा (एमाले) पार्टीको सिद्धान्तप्रति बफादार र ‘जहाँ छोयो, त्यहाँ सफलता’ चुम्न सफल गराउने क्षमताको विकास गर्नु आम एमालेका नेता तथा कार्यकर्ताको महत्वपूर्ण कार्य हो ।

राजनीतिक चुनौती

राजनीतिमा असंख्य चुनौतिहरु रहेका छन् । तथापी धर्म र राजनीतिलाई केन्द्रविन्दु बनाएर विदेशीले नेपालमाथि प्रहार गर्न खोजिएको देखिन्छ । त्यस्तै वैकल्पीक शक्तिको उदयको बहानामा कतै शक्ति राष्ट्रहरुबाट परिचालित त हैन ? भन्ने गंभिर प्रश्न नेपाली जनतामा खड्कीएको छ । त्यसैले वेलैमान राजनीतिक अस्थिरताबाट मुलुक बच्न वर्तमान बहुदलीय व्यवस्थालाई परिमार्जित गरी दुई दलीय व्यवस्थामा गई राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको सपना पुरा गर्नुपर्ने आवश्यकता देखिन्छ । बहुदलीय व्यवस्थाबाट साना साना पार्टीहरु समेत निर्णायक तहमा भूमिका निर्वाह गरी सरकार परिवर्तनको चावि समेत बोक्न सक्ने अवस्था नेपालमा बनेको छ । त्यसलाई अन्त्य गर्न दुई दलीय तथा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पनि अपरिहार्यता बनेको छ ।

नेतृत्वको आन्तरिक समस्यामा विदेशीले खेल्न पाउने अवस्थालाई ध्यान दिन जरुरी रहेको छ । शक्ति मुलुकहरुले यो वा त्यो बहाना वा आश्वासनमा मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा खेल्ने अवसर दिनु हुँदैन । धर्म, संस्कृति, परम्परा, अधिकार तथा संघीयताको विषयमा समेत विदेशीले नेपालमाथि गिद्धे नजर लगाएको देखिन्छ । राजनीतिक रुपमा समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता तथा प्रदेश संरचनाको बनोट नेपालको वस्तुस्थिती र जनताको आवश्यकतामा छ कि छैन ? यसको गंभिर समिक्षा गर्नुपर्ने अवस्था बनिसकेको छ । नेपालको आन्तरिक कुराहरुमा बाह्य शक्ति राष्ट्रहरुले खेलेर युद्धको चपेटामा नपर्ने नीति अहिलेको आवश्यता बढेर गएको छ । सहयोगको नाममा महाशक्ति राष्ट्रहरुले नेपालको भूमि प्रयोग गर्ने खतरा बढेर गएको छ, जहाँ सहयोगभित्र गंभिर स्वार्थ लुकेको देखिन्छ ।

पछिल्लो समय नेताको पछि लाग्ने र राजकीय तथा राजनीतिक पद लिने प्रवृक्तिको हावी हुँदै गएको छ । जसले गर्दा सक्षम र योग्य युवा राजनीतिप्रति वितृष्णा पैदा हुँदै गएको देखिन्छ । अवसर र चुनौती दुवैलाई अंगाल्न सक्ने व्यक्ति राजनीतिबाट टाढा हुँदै बैकल्पीक खोजिमा जानु समग्र राजनीतिलाई नै अर्को चुनौती थपिनु हो । योग्य व्यक्ति राजनीतिमा वितृष्णा पैदा भई विदेशीनु र नेताको पछि लाग्नेले राजकीय तथा राजनीतिक पदीय जिम्मेवारी लिई नेतृत्व गर्नु मुलुक संकटको बाटोमा अगाडी बढ्नु हो । रोजगारी र सम्भावनाको खोजिमा युवा पुस्ताले जीवनको महत्वपूर्ण समय आफ्नो देश बनाउन हैन, विदेशी राष्ट्रहरु समृद्ध बनाउन व्यतित गर्नुपर्ने पिडादायिक वाध्यता रहेको छ ।

यी सवै समस्याहरुको समाधानमा राजनीतिक स्थिरता र त्यसको नेतृत्व पंति चट्टानी अडान भएको हुनुपर्छ । विगतको इतिहासलाई हेर्ने हो भने चुनौतिको सामना गर्ने एक मात्र पार्टी एमाले र त्यसको जनवर्गीय संगठनहरु हो भन्ने इतिहास साक्षी बनेको छ । त्यसैले आगामी दिनमा मुलुकको नेतृत्व एमालेको हातमा पुग्ने गरी योजनावद्ध रुपमा गुटवन्दीरहित एमालेका नेता तथा कार्यकर्ता जनताको बिचमा जानुपर्ने हुन्छ । पार्टीभित्र हातमा हात, काँधमा काँध मिलाएर अगाडी बढेमा जनताको अभिमत पाउन एमालेमा कुनै समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय