एक अर्ब जनसंख्या हैजाको जोखिममा : राष्ट्रसङ्घ

जेनेभा, ६ जेठ । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ । “४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा छन्,” डब्लूएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले भने ।

यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको थियो । पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १०० भन्दा धेरै बढी छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको ग्रेले बताए । उनले भने, “हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू अझ कम फैलिएका छन् ।”

ओरल हैजाको भ्याक्सिन एउटा उदाहरण हो । यस वर्ष एक करोड ८० लाखभन्दा बढी डोज माग गरिएको छ । तर, ८० लाख मात्र उपलब्ध गराइएको छ र त्यसैले रोकथामका अभियानहरू रोकिएका छन् । ग्रेले भने, “पूर्ण दुई डोजको साटो पहिलो खोप सबैलाई दिने र हैजाको प्रभावलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ ।” उनले भने, “यो दृष्टिकोण अन्धकारमय छ ।”

डब्लूएचओले आगामी १२ महिनामा ४० भन्दा बढी देशका लागि १६ करोड अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफसँग समन्वय गरेर काम गरिरहेको डब्लूएचओले हैजाको समस्यालाई नियन्त्रण गर्न ४८ करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । युनिसेफका जनस्वास्थ्य आपतकालीन एकाइका प्रमुख जेरोम फाफम्यान जाम्ब्रुनीले गत नोभेम्बरमा युनिसेफले हैजा नियन्त्रणका लागि १५ करोड अमेरिकी डलर मागेको उल्लेख गरे । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो सावधानीको लागि सूचना हो ।”

उनले थपे, “महामारीले हाम्रो अगाडि गरिबको ज्यान लिइरहेको छ र यसलाई कसरी रोक्ने भन्ने हामीलाई ठ्याक्कै थाहा छ । तर हामीलाई विश्व समुदायबाट थप सहयोग र कम जडताको आवश्यकता छ । हामीले अहिले नै कदम चालेनौं भने यो अझ खराब हुनेछ ।” हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेष गरी साना बच्चाहरूको लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र उल्टी हुने गर्छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा