काठमाडौँ, १८ बैशाख । आगामी जेठ १ गतेदेखि लागु हुनेगरी अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले शुल्क वृद्धिको निर्णय गरेको हो ।
चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।





