७ सय ४८ वटा पालिकामा स्वास्थ्य बीमा विस्तार

काठमाडौँ, २५ चैत । आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय ४८ वटा पालिकामा विस्तार भएको छ ।

दुई महानगरपालिका काठमाण्डौ र ललितपुर तथा काठमाण्डौका तीन वटा नगरपालिका कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा सेवा विस्तार हुन बाँकी छ । बाँकी ५ वटा नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी रहेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन् । ती मध्ये झण्डै २८ लाख, ९३ हजारले बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन् ।

बीमा नवीकरण गर्नेहरु ७० प्रतिशत रहेका छन् । देशभरका ४ सय ५६ स्वास्थ्य संस्थाबाट बीमाबापत प्राप्त गर्ने सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार