बुटवल, २४ चैत । रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर वतनमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।
पक्राउ पर्नेमा जुवा मुद्दाका रुपन्देहीको देवदह नगरपालिकाकी कान्छी गुरुङ, हरि प्रसाद खनाल, ठगी मुद्दाका दामोदर चौधरी, वन मुद्दाका गंगाराम वि.क., दलबहादुर थापा, टेकबहादुर सुनार, यमबहादुर क्षेत्री, रमेश कुमाल, कान्छो कामी, चोरी मुद्दाका सागर खवास, रामबहादुर लामा तामाङ, सार्वजनिक मुद्दाका निशव श्रेष्ठ र बहुविवाह मुद्दाका धुव्र कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।