ललितपुरमा दादुराको १० जना विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदै

ललितपुर, १२ चैत । ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन् । कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ ।

वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपाेर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ । दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यले दादुराको सङ्क्रमण पुष्टि भए छुट्टै आइसोलेशनमा बस्न र तत्काल वडामा जानकारी दिन समेत अनुरोध गर्नुभएकाे छ । ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जनले टेकुमा गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ अर्थात् दादुराको सङ्क्रमण नभएको जानकारी आएको बताउनु भयाे । तर, पाटनमा  गरिएको परीक्षणको  रिपोर्ट भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक