उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु

काठमाडौँ, १ चैत । शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् । चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार