उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण

एजेन्सी, २९ फागुन । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच वर्ष यताकै सबैभन्दा ठूलो अभ्यास भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका