सबैभन्दा बढी विशेषज्ञ डाक्टर ‘इन्टरनल मेडिसिन’मा

काठमाडौँ, २० फागुन । वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ। 

काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको जानकारी दिए। नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिँदै उनले तीमध्ये १० हजार ८० जनाले विशेषज्ञ डाक्टरका रूपमा उपाधि प्राप्त गरेको बताए। विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन्। 

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्ण अधिकारीले सबैभन्दा बढी विशेषज्ञ डाक्टर दर्ता भएकामध्ये ‘इन्टरनल मेडिसिन’मा एक हजार ८८ जना रहेको बताए। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जनरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बालरोग विशेषज्ञ ७८१, जनरल प्राक्टिस ४५१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जनाले विशेषज्ञता हासिल गरेको उनले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार