आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं : मन्त्री गिरी

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्ने बताएका छन् ।

आज स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गरे ।

उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम गर्दैछौँ । म स्वास्थ्य क्षेत्र रोजेर आएको हो । अझै यो आकर्षण मन्त्रालय मानिदैन । यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन । आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्, गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो । तर पनि फोहोर सफा गर्न फोहोर भित्र पस्नुपर्छ । त्यो बुझेरै म यहाँ आएको हुँ । मेरो नेतृत्वले मलाई रोजाएर जिम्मेवारी दिएको हो । कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रको परिवर्तन गर्छु भन्ने संकल्पका साथ आएको हुँ । काहीँबाट मेरो मन्त्रीको नाममा ब्ल्याकमेलिङ गरेको छ भने कसैले धन्दा गरेको छ भने कानमा सुनाइदिनुहोला, त्यस्ता धन्दा गर्नेलाई तत्काल कारबाही गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र