चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठान बनाउने नीति छ : मन्त्री गिरी

काठमाडौँ, ५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रुपमा विकास गर्ने र प्रमुख संघीय अस्पताललाई शैक्षिक संस्थाको रुपमा विकास गर्दै लैजाने नीति लिएको बताएका छन् ।

आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गिरीले सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने मात्र नभई स्वास्थ्य अनुसन्धान, स्वास्थ्यका जनशक्तिको उत्पादन र विविध विद्याबीचको परस्पर सिकाइलाई पनि प्रोत्साहित गर्ने बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर यस प्रतिष्ठानको गठन गरेको थियो । तर समयानुकूल हुँदै गर्दा यसको दायरा पनि फराकिलो हुनुपर्छ र यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अब छाता प्रतिष्ठानको रुपमा विकास गर्दै देशका प्रमुख संघीय अस्पताललाई टिचिङ इन्स्टिच्युट(शैक्षिक संस्था)को रुपमा विकास गर्दै लैजाने नीति लिएको अवगत गराउन चाहन्छु ।’

विशेषज्ञ चिकित्सक उत्पादनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अग्रणी भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे । ‘देश र माटो सुहाउँदो जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले ठूलो गुन लगाएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । २०८३ साल असोज ४ गते आइतबारको राशिफल ।    मेष : दिन राम्रो छ। श्रमको फल

काठमाडौँ, ३ असोज । कैलालीको गोदावरी नगरपालिका–१ बिजयनगरका ३१ वर्षीय बिनोद दाहाललाई १७ वर्षीया किशोरीई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका