डब्लूएचओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

कोपेनहेगन, २८ माघ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशलाई तत्काल लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ ।

सन् २०२२ को सुरुआतदेखि दादुराको संक्रमण बढ्दै गएपछि डब्लूएचओले यस्तो आग्रह गरेको हो । डब्ल्यूएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ ।

यद्यपि, डब्लूएचओले कोभिड–१९ महामारीको प्रतिरक्षा र खोप छुटेका कारण बालबालिकासहित अन्य थुप्रै व्यक्तिमा दादुराको संक्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ ।  

डब्ल्यूएचओले युरोपेली देशहरूलाई पनि ढिलाइ नगरी स्वास्थ्य अनुसन्धान गर्न र दादुराको निगरानी बढाउन आग्रह गरेको छ।
सन् २०१८ र २०१९ ठूला दादुराको प्रकोपपछि, लगभग दुई लाख जनसंख्यामा संक्रमणका घटना उल्लेख गरिएको छ । रासस/ सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । २०८३ साल असोज ४ गते आइतबारको राशिफल ।    मेष : दिन राम्रो छ। श्रमको फल

काठमाडौँ, ३ असोज । कैलालीको गोदावरी नगरपालिका–१ बिजयनगरका ३१ वर्षीय बिनोद दाहाललाई १७ वर्षीया किशोरीई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका