बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैन : मन्त्री पौडेल

काठमाडौँ, १८ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहो¥याउन नहुने बताएका छन् ।  

आज आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् ।  

उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताए । उनले खर्च कटौतीसम्बन्धी अर्थ मन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भएपनि अर्थतन्त्रको सुधारको लागि त्यतिमात्रैले नपुग्ने बताए ।   

मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताए । उनले खर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा