परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल

काठमाडौँ, १८ माघ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराइन् । सो अवसरमा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले मन्त्री पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्ने जानकारी गराए ।  

उनी आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुन भोलि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ । यसैगरी उनी माघ २१ गते ७५ औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् । परराष्ट्रमन्त्री डा.पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको सहसचिव सुवेदीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका