ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

रुकुम पश्चिम, १८ माघ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४, छिवाङ ज्युला ढुडेबगरमा ट्याक्टर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ भने चालक घाइते छन् ।

प्रहरीका अनुसार सोलावाङबाट सिम्लीतर्फ जाँदै गरेको ना६त ७७१३ नम्बरको ट्याक्टर गए करिब राति साढे ९ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टर चालक मुसिकोट नगरपालिका–८, गोरखानीका २२ वर्षीय मनबहादुर विक र परिचालक जाजरकोटको भेरी नगरपालिका–१ का ३५ वर्षीय हरिबहादुर विक घाइते भएका थिए ।

सल्लेस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा हरिबहादुरको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट छिवाङले जनाएको छ । चालक मनबहादुरलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति