शालीनदी मेलामा एक कराेड भेटी संकलन हुने अपेक्षा

काठमाडौँ, १८ माघ । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी संकलन भएको छ । 

गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मंगलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी संकलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।   

समितिले त्यहाँ आसपासमा सञ्चालन गरेका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट संकलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । माघ २२ गतेसम्म चल्ने उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ । शालीनदी यातायातले बिदाको दिन शालीनदी भेला भर्न पुगेका भक्तजनलाई बज्रयोगीनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुई बस निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति