विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताउनुभएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतमा सिंहदरबार भन्दा बाहिरबाट शासन चलाउने गल्ती आफूले नगर्ने बताउनुभयो । सिंहदरबारबाटै काम गर्नुको विशेष अर्थ रहने भन्दै प्रचण्डले प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्दा राज्यका सबै अंगहरूको एकीकृत परिचालन हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहोर्या उनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’

कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने पनि उल्लेख गर्दै उहाँले निर्णय प्रक्रियालाई सरल बनाउन र छिटो छरितो कार्यसम्पादन गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका