नेप्से परिसूचक ४१ अंकले घट्यो

काठमाडौँ, १६ माघ । आज नेप्से परिसूचक ४१.०१ अंक घटेर बन्द भएको छ । आइतबार साढे १४ अंक घटेको नेप्से सोमबार पनि घटेर २१२७.५२ विन्दुमा रोकिएको हो ।

घटेको बजारमा एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मूल्य घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सर्वाधिक सेयर मूल्य घट्नेमा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले घटेको छ ।

आज लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आदर्शको सेयर मूल्य प्रतिकित्ता एक हजार ४४९ रुपैयाँ ३० पैसा कायम भएको छ । आज २५६ धितोपत्रको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री सूर्यज्योति इन्स्योरेन्सको भएको छ । यो कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका