१९ जना जुवाडे पक्राउ

काठमाडौँ, १५ माघ । काठमाडौँबाट १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–९, सिनामंलगस्थित बाल्टिन होटेलमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई नगद एक लाख ३३ हजार ५० रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ । यस्तै, काठमाडौँ महानगरपालिका–९, विजयचोकबाट तास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । काठमाडौँ कपनमा बस्दै आएका अछामको साँफेबगर नगरपालिका–४ का ४० वर्षीय निरज शर्मासहित नौजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा

काठमाडौँ, १० भदौ । आज धितोपत्र बजार (नेप्से) मा पनि ठुलो गिरावट आएको छ । आज नेप्से सूचक ३५.९२ अङ्कले

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको