नर्सलाई ८/१० हजार रुपैयाँमा काम लगाउनेलाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्री

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छ ।

आज काठमाडौँमा आयोजित नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफूले मासिक ८/१० हजार रुपैयाँमा निजी क्षेत्रमा नर्सहरूले काम गर्नुपर्ने कहालीलाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल अनुगमन गर्ने घोषणासमेत गरे ।

उनले भने, ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हाे । म यहीँबाट भन्न चाहन्छु– न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूकाे मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि