अदालतको नजिर ठिक छ, दुख दिने मनसाय बेठिक छ : सागर ढकाल

काठमाडौँ, १४ माघ । युवा नेता सागर ढकालले आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको विपक्षमा अदालतको फैसला ठिक भए पनि दुःख दिने मनसाय गलत देखिएको ढकालले बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुलेली झन् तन्किएको छ ।पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँड्ने  देखिँदैन। हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाहिँ के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको‌ छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस् — देश बनाउन आउनुस्।  संयोगवश आजै पूजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौँ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति