सबै जनतामा स्वास्थ्यको पहुँच पुर्‍याउने नै हाम्रो उद्देश्य हो : मन्त्री गिरी

काठमाडौँ, १० माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।

आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त–दुरुस्त बनाई यस क्षेत्रमा भएका विकृतिलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको बताए ।

उनले भने, “पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दै छ । यही स्थान ३०० बेडको अस्पताल स्थापना गछौंँ । यो खुसीको कुरा हो । ३०० बेड पनि पर्याप्त होइन, ५०० बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । योबीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्ने गरी अस्थायी रूपमा भए पनि उपचारको व्यवस्था गर्नुपर्छ । मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,” “हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरू कसरी चुस्त–दुरुस्त बनाउने भन्ने हो । हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रूपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो । सबै लाग्यौँ भने असम्भव छैन । नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्ने कुरा सावित गर्ने हाम्रो दायित्व हो । कोही पनि विमुख हुने छैनौँ । स्वास्थ्य क्षेत्रलाई सबै हिसाबले गुणस्तरीय, भरपर्दो बनाउने र जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाई सबै जनतामा स्वास्थ्यको पहुँच पुर्‍याउने नै हाम्रो उद्देश्य हो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा