जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक

विराटनगर, ५ माघ । विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ ।

हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो । घटनाबारे छानबिन गर्न अस्पतालले बिहीबार छानबिन समिति गठन गरेको छ । अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति गठन गरिएको हो ।

चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि