ट्रमा सेन्टरको आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २ माघ । राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हो ।

श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरू आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।

‘दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथ परिवार जनप्रति हार्दिक समवेदाना अर्पण समेत गर्दै उहाँको सम्झनामा सोमबारका दिन आकस्मिक बाहेकका सबै सेवा बन्द गरिनेछ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, ५ असाेज । २०८३ साल असोज ५ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ।

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा