दादुरा फैलिएको नेपालगञ्जमा झण्डै १० हजारलाई खोप वितरण

काठमाडौँ, २९ पौष । दादुरा फैलिएको बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका झण्डै १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

हिजोसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको छ । बाँकीलाई अबको तीन/चार दिनभित्र खोप दिइनेछ । खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ ।

बाँकेलाई दुई वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । तर गएको पुस १३ गतेयता नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गरी १ सय ३० जनामा सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ । बाँकेको खजुरा गाउँपालिकामा पनि २ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, ५ असाेज । २०८३ साल असोज ५ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ।

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा