यी चार अस्पतालमा एसिड पीडितको निःशुल्क उपचार

काठमाडौँ, २८ पौष । एसिड आक्रमणमा परेका व्यक्तिले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्छन् । ‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूले निःशुल्क आकस्मिक उपचार सेवा पाउँछन् ।

आकस्मिकपछि थप उपचार भने देशका चारवटा अस्पतालमा मात्र निःशुल्क पाइने स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका पीडितहरूको निःशुल्क उपचार गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र