दादुरा संक्रमितको संख्या १०८ पुग्यो

बाँके, २७ पौष । बाँकेको नेपालगन्जमा यही पुस १२ गतेदेखि फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या १०८ पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ५, ६, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी १०८ जनामा संक्रमण देखिएको छ ।

उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार संक्रमितमध्ये दुई बालबालिकाको अवस्था गम्भीर छ । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । अरू संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ ।

मिजल्स भाइरसका कारण केही दिनअघि नेपालगन्ज–५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो । उपमहानगरले संक्रमित देखिएका सबै वडामा भिटामिन ‘ए’ र दादुराविरुद्धको खोप दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई