सबै वडाको एक्सरेसहित खकारको परीक्षण गर्नेमा महालक्ष्मी नगरपालिका पहिलो

ललितपुर, २४ पौष । महालक्ष्मी नगरपालिकामा सबै वडामा संभावित क्षयरोगका बिरामीको खोजपडताल निशुल्क एक्सरे तथा खकारको परीक्षण शिबिर सम्पन्न भएको छ ।

पुस १५ देखि २४ गतेसम्म सञ्चालन भएको स्वास्थ्य शिबिरमा ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । ५२६ जनाको छातीको एक्सरे, १२६ खकारको परीक्षण गराएको महालक्ष्मी नगरपालिकाले जनाएको छ । सबै वडाको एक्सरेसहित खकारको परीक्षण गरिएको महालक्ष्मी नगरपालिका नेपालको पहिलो नगरपालिका भएको दाबी गरिएको छ ।

स्वास्थ्य शिबिरमा कार्यक्रममा नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले महालक्ष्मी नगरपालिकालाई क्षयरोगरहित नगरपालिका बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले क्षयरोगका बिरामी भएका परिवारका सदस्यले व्यहोर्नुपर्ने प्रत्यक्ष खर्चलाई शुन्यमा झार्नुपर्नेमा बताउनुभयो । स्वास्थ्य शिबिरमा दशवटै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । आज संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट