घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून

नेपालगन्ज, २४ पौष । उपमहानगरपालिका ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । अहिले यो वडामा बिरामीको सङ्ख्या १९ जना पुगेको छ । 

सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको यो वडामा दादुराविरुद्धको खोप लगाउनेको सङ्ख्या भने न्यून छ । वडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घरघरमा पुगेर खोप लगाउन बोलाइरहेका छन् । घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ । 

नेपालगन्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २२ गते यो वडामा ७० जनाले खोप लगाएका छन् । २३ गते ८१ जनाले खोप लगाएका छन् । नेपालगन्ज त्यही वडा हो जहाँ हात्तीपाइले रोगविरुद्ध खोप अभियानमा पनि न्यून उपस्थिति हुने गर्दछ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई