तारकेश्वरमा माघ १ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने 

काठमाडौँ, २३ पौष । काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । 

तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार महिला स्वास्थ्य स्वयंसेविका लागि स्वास्थ्य बीमा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो । सचेतना कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहले नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम तारकेश्वमा लागू गर्न लागेको जानकारी दिए ।

नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने छन । पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य २० हजार रुपैयाँ थप गरी दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको