गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस–डिएमपिए–एस.सी” बजारमा

काठमाडौँ, १२ पौष । परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस–डिएमपिए–एस.सी” बजारमा ल्याएको छ । यस अघि सिन्धुली र नवलपरासी जिल्लामा परिक्षण गरी ललितपुर,कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको उक्त साधनको सेवा नेपाल परिवार नियोजन सङ्घ,उपत्यका शाखा, जडिबुट्टीबाट पनि प्रदान गरिने सङ्घले जनाएको छ ।

परिवार नियोजनको साधन सायना प्रेस पहिलो पटक प्रयोग गर्दा महिनावारी भएको सात दिनभित्र र त्यसपछिको मात्रा तीन÷तीन महिनाको अन्तरालमा लगाउन सकिनेछ भने सुत्केरी भएको ६ हप्तापछि लगाउन सकिने नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखामा कार्यरत वरिष्ठ नर्स विभा राईले जानकारी दिनुभयो । उहाँले यस अघि प्रयोगमा आएको डीपोप्रोभेराको सट्टामा होइन कि त्यसले जस्तै गर्भ निरोधका लागि महिलाले प्रयोग गर्ने नयाँ साधन आएको बताउनुभयो । सायना प्रेसलाई पनि सानो सुइको माध्यमबाटै पेट, पाखुरा वा तिघ्राको बोसो जमेको भागमा लगाउन सकिनेछ ।

नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा प्रमुख शरद अर्यालले सङ्घमार्फत पहिलो पटक सेवाग्राहीका लागि प्रदान गर्न लागेको सायना प्रेस, डिपोप्रोभेरा र अन्य परिवार नियोजनका साधन जत्तिकै भरपर्दो रहेको परिक्षणबाट प्रमाणित भएपपछि आगामी माघ महिनादेखि सो शाखाले सायना प्रेस प्रयोगको सुविधा निःशुल्क उपलब्ध गराउन लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको