दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बु, ८ पौष । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । 

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ ।

औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताइन् । दीर्घरोगी आफैँले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् ।  

औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको